खलंगा नाकाबाट नेपाली कामदारहरु घर फर्कने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

खलंगा नाकाबाट नेपाली कामदारहरु घर फर्कने क्रम बढ्यो

दार्चुला, १४ चैत । भारतमा बढ्दै गएको दोस्रो चरणको कोरोना संक्रमणका कारण नेपाली कामदारहरु दार्चुला हुदैं घर फर्कने क्रम बढेको छ ।

बैतडीको पुर्चाैडीहाँट, बझाङको बुङ्गल र दार्चुलाका गरी दैनिक सयौंको संख्यामा कामदारहरु दार्चुलाको खलंगा नाका बाट घर फर्कन थालेका हुन् ।

सीमा नाकामा कुनै किसीमको चेक जाँचको व्यवस्था गरिएको छैन भने दैनिक कति कामदार नेपाल भित्रन्छन् भन्ने तथ्याङ समेत सरकारी निकायसँग छैन ।

कामदारहरु कोरोना भाईरसको चेक जाँच नगरी घर फर्कन थालेसंगै नेपालमा कोरोना भाईरसको दोस्रो चरणको संक्रमण फैलिने आशंका बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);