भारतको चेन्नाईबाट घर फर्किएका दार्चुलाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतको चेन्नाईबाट घर फर्किएका दार्चुलाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण

बासुदेव बडु
दार्चुला । दार्चुलामा २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भारतको चेन्नाईबाट घर फर्केका नौगाड गाउँपालिका वडा नम्बर ३ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीका अनुसार मंगलबार महाकाली न पा ४ स्थित सिमानाका पुलघाट क्षेत्रमा एन्टिजेन परीक्षण गर्दा २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनु भयो ।

कोरोना देखिएका पुरुषलाई होम आइसोलेसनमा बस्नेगरी घर पठाइएको छ । केही समय शुन्य रहेको कोरोना संक्रमण पुनः अहिले दार्चुलामा समेत देखिन थालेको छ । दार्चुलामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सिमा नाकाहरुमा कडाई गर्न थालिएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्वास्थ्य कार्यालय दार्चुलाले अहिले सिमानाकाहरुमा कडाई गर्न थालेको हो ।

नेपालीहरुको नयाँ वर्ष विसु पर्व समेत नजिकीन थालेपछि अहिले सिमानाकाहरु बाट घर फर्कने नेपाली नागरिकहरुको सँख्यामा वृद्धि भए सँगै कोरोनाको संक्रमणको जोखिम बडेको भन्दै सिमा नाकाहरुमा चेक जाँचमा कडाइ गर्न थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्किले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);