कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि

corona update

कपिलवस्तु, २० जेठ ।  कपिलवस्तुमा मंगलबार पुनः १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन नगरपालिकाका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नं ४ का एकजनामा कोरोना देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेका छन ।

यस्तै शिवराज नगरपालिकाका १५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । जसमा वडा नं ३ का २०, २३ र २४ वर्षीय  तीन जना पुरुष रहेका छन । यस्तै वडा नं. ४ का १८ र ४२ वर्षका दुई पुरुष रहेका छन् ।

वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० वर्षमा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ६ का १९ वर्षीय १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं. ८ का २८ वर्षीय एक जना पुरुष, वडा नं. १० का १७ वर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन् । यसैगरी वडा नं. ११ का १७, २३ र २९ वर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);