नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

corona virous

काठमाडौं, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ सय ६७ पुगेको हो ।

शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् । पहिलोपटक दाङमा पनि कोरोनाको संक्रमण देखिएको छ । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन ।

देशभरीका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन् । मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट २३ हजार ९ सय २३ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ । देशैभरी गरेर १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन् भने २ सय ६७ जना आइसोलेसनमा रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);