नेपालमा कोरोना संक्रमित, मृत्यु र निको भएर घर कति फर्किए ? (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा कोरोना संक्रमित, मृत्यु र निको भएर घर कति फर्किए ? (अपडेट)

Virus Outbreak Connecticut

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका–६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।

यसैबीच बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । उनीहरुको पछिल्ला रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । संक्रमित मध्ये निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ भने संक्रमण पुष्टि भएकाहरुमध्ये बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);