एमालेबाट युवा र शहरी मध्यम वर्ग टाढिँदै गएको महासचिव पोखरेलको स्वीकारोक्ति | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

एमालेबाट युवा र शहरी मध्यम वर्ग टाढिँदै गएको महासचिव पोखरेलको स्वीकारोक्ति

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चारवटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गर्नुभएको छ ।
शनिवार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले विशेष गरी २०७९ सालको निर्वाचन यता सहरी मध्यम वर्ग, भूमिहीन सुकुम्बासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढिँदै गएको बताउनु भयो । नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । साथै, विदेशमा रहेका नेपालीहरू पनि पार्टीप्रति नकारात्मक बन्दै गएको उहाँको ठम्याइ छ । पार्टीले यी कमजोरीहरू पहिचान गरी सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँकाअनुसार हरेक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने र स्थानीय तह अनुसार २५० जनासम्म युवा भेला गर्ने पार्टीको निर्देशन आम रूपमा पालना हुन सकेन ।

Leave a Reply