संक्रमणबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संक्रमणबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज

dhulikhela bachcha

काठमाडौं, ९ जेठ । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज भएका छ । संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनीहरु धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका थिए । दोहोर्‍याएर पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि महिलाको मृत्यु भएको थियो ।

यसलाई नै नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो घोषणा गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);