सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भए नभएको परीक्षण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भए नभएको परीक्षण हुँदै

corona press meet 22

काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए-नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताउनुभयो । ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने उहाँले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);