नेपालमा नै पहिलो पटक कोरोनाबाट सुत्केरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा नै पहिलो पटक कोरोनाबाट सुत्केरीको मृत्यु

काठमाडौं, ३ जेठ । नेपालमा नै पहिलो पटक कोरोनाबाट सुत्केरीको मृत्यु भएको छ ।

सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्था गम्भिर हुँदै गएकाले धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको पीसीआर विधि र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको छ ।

नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);