सुत्केरी महिलाको मृत्युपछि गण्डकी मेडिकल कलेजमा दिनभर तनाब | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा, १८ कात्तिक । आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्योे । डाक्टरको लापर्वाहीका कारण सुत्केरी महिलाको अस्पतालमा मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरेपछि तनाव शुरु भएको छ ।

स्याङजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगा बस्ने १९ वर्षीया गीता अर्याललाई सुत्केरी ब्यथा लागेपछि कात्तिक ११ गते अस्पताल भर्ना  गरीएकाे थियो ।  उनको सोही दिन शल्यक्रियाबाट बच्चा निकालिएको थियो ।

अपरेसन पश्चात बेहोस भएकी उनको होस नखुलेको अस्पतालले दाबी गरेकाे छ । बेहोस भएका कारण उनको मृत्यु भएको भन्ने अस्पतालकाे भनाई प्रति आफन्त सहमत भएका छैनन् । उनीहरुले डाक्टरको चरम लापर्बाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।

अस्पतालले शुक्रबार साँझ मात्रै सुत्केरी महिलाको मृत्यु भएको घोषणा गरेको थियो । बच्चा निकालेपछि आमाको मृत्यु भएको विषयलाई लिएर आफन्तले चिकित्सकलाई कडा कारबाहीको माग गर्दै कलेज अगाडि नाराबाजी गरेका छन्। सुत्केरीको मृत्यु भएसँगै परिवार र आफन्त मर्माहत भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);