कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

काठमाडौं, १८ कात्तिक । कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । उनले तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारीको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन दर्ता खारेज गर्न माग गर्दै तनहुँ जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

सोहि उजुरी उपर छानबिन गरी शनिबार बसेको निर्वाचन आयोगको बैठकले उनको उम्मेदवारी खारेज गरिदिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले जोशी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको र सो निर्णय हालसम्म पनि कायमै रहेकाले उनको उम्मेदवारी रद्द गरिएको बताए ।

जोशीलाई विशेष अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर गरेको थियो । यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको तर्फबाट टिकट पाएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);