शीर्ष नेताविरुद्ध नै बागी उम्मेदवार, कसका विरुद्ध को बागी ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, १७ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुविरुद्ध बागी उम्मेदवारी परेको छ।

सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ-१ मा कांग्रेस पूर्व सहमहामन्त्री जोशी बागीका रुपमा खडा भएका हुन्। जोशीले स्वतन्त्र उम्मेदवारका हैसियतमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

गृहजिल्ला रौतहट छाडेर काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको छ। काठमाडौं एमाले जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्रीले बागी उम्मेदवारी दिएका छन्। दुबै पार्टीबीच गठबन्धन भएअनुसार सिट बाँडफाँट गरे पनि राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले यादवविरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाविरुद्ध पनि बागी उम्मेदवार खडा भएका छन्। दुई पार्टीबीच भएको गठबन्धन सहमतिविपरीत पूर्वसांसद तथा संघीय फोरम नेपालका नेता बबन सिंहले झाविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्। माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध पनि बागी उम्मेदवारी परेको छ। सिन्धुली-२ बाट मनोनयनपत्र दर्ता गराएका गजुरेलविरुद्ध माओवादी नेता रामकुमार पोखरेलले बागी उम्मेदवारी दिएका हुन्।

यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाविरुद्ध पनि बागी उम्मेदवारी परेको छ। नेविसंघका नेता क्षितिज भण्डारीले श्रीमती देउवाविरुद्ध कैलाली-५ बाट उम्मेदवारी दिएका हुन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);