सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १९ कार्तिक । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारीलाई कायमै राखेका छन् ।

निर्वाचन आयोगले आज दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । यद्यपी सल्यानमा भने माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभाका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् ।

विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतले प्रतिनिधिसभाका लागि निर्वाचन लड्दैछन् । तर उनी विरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका संस्थापक नेता तथा पार्टी पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् ।

प्रदेश९क०बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश ९ख०बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व छापामार जीतबहादुर पुनले पनि उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेका शर्माद्वय र पुनलाई जिल्ला पार्टीको नै समथर्न रहेकोले फिर्ता नलिएको बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);