हेलिकप्टर चार्टर गरेर उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ८ कार्तिक। वाम गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिनका लागि हेलिकप्टर चार्टर गरेर रामेछाप पुगेका छन् ।

वाम गठबन्धनविरुद्ध प्रतिनिधिसभा पदका लागी बागी उम्मेदवार दिएका माओवादीका पूर्व सभासद् लक्ष्मी गुरुङ्ग, प्रदेशसभा सदस्य ‘क’मा उम्मेदवारी दिएका हेमन्त पौडेल र प्रदेससभा ‘ख’तर्फ उम्मेदवारी दिएका मैनकुमार मोक्तानले काठमाडौंबाट हेलिकप्टर चार्टर गरि मन्थली पुगेका हुन्।

उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको समय समाप्ती अघि नै पुग्न हेलिकप्टर चार्टर गरेका हुन् । आयोगले उम्मेदवारी फिर्ता लिने समय बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मलाई तोकेको थियो ।

माओवादी पार्टीका शीर्ष नेताहरुले समानुपातिकको कोटामा राख्ने आश्वासन दिएपछि उनीहरुले उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिएका छन् । हेलिकप्टर चाटर गरि मन्थली पुगेका उनीहरु उम्मेदवारी फिर्ता लिएर पुनः हेलिकप्टरमै काठमाडौँ आइसकेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);