एमाले-माओवादी गठबन्धन ‘दाम’का लागि : विप्लव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमाले-माओवादी गठबन्धन ‘दाम’का लागि : विप्लव

Biplav

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले र माओवादी केन्द्र बीचको गठबन्धन ‘दाम’का लागि भएको आरोप लगाएका छन् ।

महासचिव चन्दले दाम र नामका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको तर्क गरे । अक्टोबर क्रान्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुने कुनै आधार नरहेको स्पष्ट पारे ।

महासचिव चन्दले काँग्रेसलाई कामै नलाग्ने गरी थोत्रिएको पार्टीको संज्ञा दिए । उनले मुलुकलाई माथि उठ्न नदिन सरकार आफै लागि परेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);