महासचिव पोखरेल भन्छन्, ‘एमाले समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

महासचिव पोखरेल भन्छन्, ‘एमाले समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले ‘यतिबेला  एमाले सरकार परिवर्तनको खेलमा छैन’ भनेका हुन् ।

उनले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन ।  विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’

उनले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन् । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाएझै चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् । नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएको थियो । तर, नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);