वाम गठबन्धन फुटाउन विदेशी शक्ति लागि परेकाछन्ः नेता महरा | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

नेपालगञ्ज, २१ कार्तिक। नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले वाम गठबन्धन फुटाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन्।

बाँकेको नेपालगन्जमा भएको चुनावी कार्यक्रममा विनाविभागीय उपप्रधानमन्त्री समेत रहेका नेता महराले एमाले र माओवादी गठबन्धन फुटाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका हुन्।

उपप्रधानमन्त्री महराले अँझै पनि चुनाव सार्ने प्रयास भईरहेको भन्दै निर्वाचनको मुखमा नेताहरुमाथी हमला गराउने प्रयास भइहरेको समेत बताएका छन्।