वाम गठबन्धनलाई फुटाउन खोज्नेहरु समाप्त हुन्छन् : लालबाबु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

वाम गठबन्धनलाई फुटाउन खोज्नेहरु समाप्त हुन्छन् : लालबाबु

काठमाडौं, ११ पुस । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले बाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।

नेता पण्डितले बाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी गरे । उनले जनमत अनुसार बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यसले जनताको भावना बमोजिम काम गर्ने स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले अँध्यारो कुनामा बसेर बामपन्थी गठबन्धनलाई फुटाउन प्रयास भईरहेको आरोप लगाए ।

नेता पण्डितले जनमत अनुसार नयाँ सरकार बनाउन कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);