केही दिन भित्रै बामपन्थी नेतृत्वको सरकार बन्छ : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केही दिन भित्रै बामपन्थी नेतृत्वको सरकार बन्छ : नेम्वाङ

Subash-chandra-Nembang

काठमाडौं, १७ पुस । नेकपा एमालेका नेता सुवाष नेम्वाङले केही दिन भित्रै बामपन्थी गठबन्धन नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले बामपन्थी नेतृत्वको सरकार बन्नलाई कुनै पनि शक्तिले रोक्न नसक्ने चेतावनी दिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले बाम गठबन्धनलाई सरकार बनाउन झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे ।

नेता नेम्वाङले बाम गठबन्धन सरकारले चुनावी घोषणा पत्रमा जनाएको प्रतिवद्धता अनुसार मुलुकको खेलकुद क्षेत्रको विकासमा लागिपर्ने आश्वास दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);