भूकम्पले क्षति पुर्‍याएका ९ सय खानेपानी आयोजनाको पुन: निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

भूकम्पले क्षति पुर्‍याएका ९ सय खानेपानी आयोजनाको पुन: निर्माण सम्पन्न

काठमाडौं, १७ पुस । राष्ट्रिय पुन: निर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका ९ सय ४ वटा खानेपानी तथा सरसफाई आयोजनाको पुन: निर्माण सम्पन्न भएको जनाएको छ ।

गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २ सय १२ वटा खानेपानी तथा सरसफाई आयोजनामा क्षति पुगेको थियो । हाल ९ सय ६५ आयोजनाको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाई आयोजना पुनर्निर्माणका लागि एक अर्ब १० करोड रुपैया बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८ सय ६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ आयोजना पुनर्निर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);