सिट बाँडफाँटमा ढिलाइ गरिएको भन्दै एमाले असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सिट बाँडफाँटमा ढिलाइ गरिएको भन्दै एमाले असन्तुष्टि

UML

काठमाडौं, १७ पुस । प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँटमा ढिलाइ गरिएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ । एमालेले जतिसक्दो चाँडो प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत परिणाम सार्वजनीक गर्न निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै छ । नतिजा सार्वजनिक नहुँदा सरकार गठन प्रक्रिया रोकिएकाले एमालेले आयोगको ध्यानाकर्षण गराउन लागेको नेताहरुले बताएका छन् ।

एमालेले निर्वाचन परिणाम रोकेको भन्दै निर्वाचन आयोगको भूमिका माथि प्रश्न उठाउँदै आएको छ । आयोगले भने राष्ट्रिय सभाको निर्वाचन अगाडि प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);