निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजनीतिक दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरी आज दलहरुलाई पत्राचार गर्ने भएको छ ।

राष्ट्रिय सभा निर्वाचनको परिणाम आएसँगै आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरी दलहरुलाई ती सिटमा विजयी हुने उम्मेदवारको नाम पठाउन पत्राचार गर्न लागेको हो ।

समानुपातिकतर्फको मतगणना सकिएको डेढ महिनाभन्दा बढी भइसकेपनि आयोगले दलहरुले पाएको सिटसंख्या सार्वजनिक गरेको छैन । संघीय संसदमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन राष्ट्रिय सभाको नतिजा पर्खिनुपर्ने भन्दै आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक नगरेको हो ।

आयोगका प्रवक्ता नबराज ढकालले राष्ट्रिय सभाको नतिजा आइसकेकाले प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका र राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकासहित ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरी सिट संख्या तोकेर आज दलहरुलाई पत्राचार गरिने बताए । आयोगले दलहरुलाई आफूले पाएको सिटमा विजयी हुने उम्मेदवारको नाम छान्न तीन दिनको समय दिंदै छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदै छ । राष्ट्रिय सभामा ५६ सिटका लागि भएको निर्वाचनमा एमालेले २७, नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले १२ र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले २\ २ सीट जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);