राष्ट्रिय सभा सदस्य चयनका लागि भोलि निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २३ माघ । राष्ट्रिय सभा सदस्य चयनका लागि भोलि निर्वाचन हुँदै छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ । हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रिय सभा सदस्य चुनिनेमा २४ जना यसअगाडि नै निर्विरोध भइसकेका छन् ।

भोलि ६ वटा प्रदेशमा ३२ सदस्यका लागि निर्वाचन हुने छ । प्रदेश नम्बर २ मा ८ जना नै निर्विरोध भइसकेकाले ६ वटा प्रदेशमा मात्र निर्वाचन हुने भएको हो । प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आ आफ्नो केन्द्रमा मतदान गर्नेछन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको मत परिणाम भोलिपल्टै सार्वजनिक गर्ने बताएको छ । राष्ट्रिय सभाको निर्वाचन नहुँदा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम अझै सार्वजनिक गरिएको छैन । मत परिणाम सार्वजनिक नगरिंदा नयाँ सरकार गठनको प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन । आयोगले २६ गते प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या सार्वजनिक गरी फागुन ५ गते सबै परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);