एमाले नेता झलनाथ खनालकाे राष्ट्रपति हुने इच्छा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमाले नेता झलनाथ खनालकाे राष्ट्रपति हुने इच्छा

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने इच्छा देखाएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरिने इच्छा व्यक्त गरेका बेला एमाले वरिष्ठ नेता खनालले राष्ट्रपति हुने इच्छा देखाएका हुन ।

jhalnath khanal

काठमाडौं, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने इच्छा देखाएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरिने इच्छा व्यक्त गरेका बेला एमाले वरिष्ठ नेता खनालले राष्ट्रपति हुने इच्छा देखाएका हुन ।

इरानमा भएको आइक्यापको २९ औं सम्मेलनमा भाग लिएर मंगलबार स्वदेश फर्किएका एमाले वरिष्ठ नेता खनालले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउनु उचित नहुने बताए ।

उनले पार्टीमा एक से एक नेता जिम्मेवारी सम्हाल्न तयार रहेका बेला एउटै व्यक्तिलाई दोहोर्याएर जिम्मेवारी दिनु नहुने बताए । उनले पार्टीले दिने जुनसुकै जिम्मेवारी सम्हाल्न आफू तयार रहेको पनि बताए ।

राष्ट्रपति भण्डारीले केही दिन पहिले मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवासमा बोलाएर राष्ट्रपतिमा दोहोरिने इच्छा व्यक्त गरेकी थिइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);