एमालेभित्र कसलाई राष्ट्रपति बनाउने भन्ने लविङ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेभित्र कसलाई राष्ट्रपति बनाउने भन्ने लविङ सुरु

UML

विक्रम श्रेष्ठ

काठमाडौं, २४ माघ । देशमा सबै निर्वाचन सकिएसँगै सरकार गठन र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको बहस पनि सुरु भएको छ । संसद अधिवेसन सुरु भएपछि आगामि ५ बर्षको लागि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरिने छ ।

राष्ट्रपतिमा पुन वर्तमान विद्यादेवि भण्डारीलाई नै दोहोर्याउने चर्चा भइरहेका बेला एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएपछि एमाले भित्र कसलाई राष्ट्रपति बनाउने भन्ने लविङ सुरु भएको छ ।

संविधानको धारा ६३ अनुसार अब निर्वाचित हुने राष्ट्रपति-उपराष्ट्रपतिको पदावधी निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ । त्यसो त नयाँ राष्ट्रपतिका लागि लविङ पनि सुरु भएको छ । वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी नै राष्ट्रपतिमा दोहोरिने मनस्थीतिमा छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि राष्ट्रपति बन्ने लाइनमा देखिएका छन् । अहिले एमालेभित्र राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुँदा मुलुकको गरिमा बढ्ने भन्दै ओली पक्षीय नेताहरु अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन लविङ गरिरहेका छन् ।

पुष २९ गते वाम गठवन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवारलाई नै निवासमा बोलाएर डिनर भेट गरेकी राष्ट्रपति भण्डारीले केही दिन अघि मात्र वाम गठवन्धनमा रहेका दोस्रो तहका नेताहरुसँग शितल निवासमै डिनर भेट गरेकी थिइन् ।

यस्ता भेटहरुलाई राष्ट्रपति भण्डारीको पुनः राष्ट्रपति बन्न गरेको तयारीको रुपमा चर्चा हुने गरेको छ । यता पार्टीको नेतृत्व र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् ।

पार्टीको नवौ महाधिवेशनबाट वरिष्ठ नेताको हैसियतमा रहेका खनाल गुटगत रुपमा हेर्ने हो भने पार्टी भित्र ओली पक्ष र नेपाल पक्ष भन्दा कमजोर रहेको विश्लेषकहरु बताउँछन् । त्यसै कारण पनि खनाल सम्मानित भएर बस्न चाहन्छन् । तर, राष्ट्रपति भण्डारीप्रति कटाक्ष गर्दै राष्ट्रपति बन्न भोजभत्तेर गरेर कसैलाई प्रभावित नबनाउने खनालको तर्क छ ।

खनाललाई रोकेर भण्डारीलाई पुनः राष्ट्रपति बनाउन सकिएमा प्रधानमनन्त्री पनि ओली नै हुँदा सम्पुर्ण राजकीय शक्ति आफ्नो हातमा रहने योजनासहित ओली निकटका नेताहरु सक्रिय छन् ।

यता उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन नै दोहोरिन खोजेको देखिन्छ । राष्ट्रपतिमा भण्डारी दोहोरिने या खनाल राष्ट्रपति बन्ने ? यी दुई लविङबाहेक राष्ट्रपतिमा अरुको लविङ देखिएको छैन भने माओवादीभित्र पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा स्पष्ट दावेदारी देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);