नेपालमा पहिलो पटक 'सिइओ समिट एण्ड अवार्ड-२०१८' हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा पहिलो पटक ‘सिइओ समिट एण्ड अवार्ड-२०१८’ हुँदै

काठमाडौं, २४ माघ । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिइओ क्लव नेपालको संयुक्त आयोजनामा फाल्गुन ३० गते होटल सोल्टीमा ‘नेपाल सिइओ समिट एण्ड अवार्ड-२०१८’ हुने भएको छ ।

यस कार्यक्रममा दक्षिण एशिया र विश्वभरकै सरकारी र गैर सरकारी क्षेत्रका ठूला र बहुराष्ट्रिय कम्पनीका नेतृत्वकर्ता, कार्यकारी प्रमुख, सफल व्यवसायि र लगानीकर्ताहरूको सहभागिता रहने बिजनेस प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्बर शाहुले जानकारी दिए ।

शाहुका अनुसार यस सम्मेलनमा भाग लिन चाहने इच्छुकले https://nepalceosummit.com/मा गई अनलाईन फारम भरी सहभागिता जनाउन सक्नेछन् ।

यस्ता छन् सम्मेलनका एजेण्डा

१. नेपाल कहाँ, छ र अबको ५ बर्षमा कहाँ, पुग्नेछ ? समिक्षा र प्रक्षेपण

विगतमा सशस्त्र जनयुद्ध, भुकम्प, नाकाबन्दी, अस्थिर राजनीति र संक्रमणकालिन परिस्थितिले देश आक्रान्त बन्यो । यसको अन्त्यसँगै नेपालको नयाँ संविधान अन्तरगत बन्ने संघीयता सहितको नयाँ सरकारले अबको ५ बर्ष भित्र कस्ता सामाजिक, राजनीतिक र आर्थिक नीति नियम अवलम्वन गर्नुपर्छ ? विकसित दुई ठूला छिमेकी देशहरुसँगको सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउँदै कसरी देशको विकासका साथ समृद्धितर्फ उन्मुख हुने ? स्वदेशी तथा विदेशी लगानीलाई थप आकर्षित गर्दै उद्यमशिलता र व्यापार व्यवसाय बढाई नेपालको समग्र आर्थिक विकासका लागि अब के गर्ने ? कसरी गर्ने र कहिले सम्ममा गर्ने ?

२. व्यवसाय संचालनमा एशिया र विश्वभरका कम्पनीका चलन, संस्कार, संभावना र चुनौतीहरु माझ हामी कहाँ छौ ?

यस कार्यक्रममा दक्षिण एशिया र विश्वभरकै सरकारी र गैर सरकारी क्षेत्रका ठूला र बहुराष्ट्रिय कम्पनीका नेतृत्वकर्ता, कार्यकारी प्रमुख, सफल व्यवसायि र लगानीकर्ताहरुले नयाँ व्यवसाय संचालन, भइरहेको व्यवसायको व्यवस्थापन, व्यवसायको हालको अवस्था र व्यवसाय संचालनमा भएका समानता र भिन्नताहरुलाई विश्लेषण गर्नेछन ।

यसैगरी व्यवसाय संचालनमा आउने चुनौती तथा सम्भावना र अवसरहरुका बारेमा अन्तरक्रिया हुनेछ ।  व्यवसाय संचालनमा भएका सफल प्रयोग र अनुभवहरुलाई समेत साटासाट गरिने छ ।

डिजिटल प्रविधिको महत्व तथा प्रयोग र उपलव्ध प्रविधि सम्बन्धी ताजा जानकारी गराउँदै मानव संशाधन र सामाजिक उत्तरदायित्वका बारेमा समेत छलफल हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);