अहिलेसम्म करिब ९९ प्रतिशत मतदान सम्पन्न, मतदान कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अहिलेसम्म करिब ९९ प्रतिशत मतदान सम्पन्न, मतदान कार्य जारी

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज बिहान १० बजेबाट सुरु भएको मतदान कार्य २ बजेसम्म शान्तिपूर्ण र उत्साहजनकरूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार अहिलेसम्म करिब ९९ प्रतिशत मतदान सम्पन्न भएको छ । ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र प्रवेश गर्नेे मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल १,६७७ जना मतदाता रहेकामा हालसम्म १,६६३ जना मतदाताले मतदान गरी सकेका छन् । जम्मा १४ जना मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको मैदानमा छन् । प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);