दिउँसो ३ बजेसम्म ५७ प्रतिशत मत खस्यो: आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौं, २१ मंसिर। निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ ।

आयोग, संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);