३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान, चहलपहल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान, चहलपहल सुरु

matadan chahalpahal

काठमाण्डौँ, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनको निर्वाचन आज ३२ जिल्लामा हुँदैछ ।

संघीय संरचना अनुसार पहिलो पटक हुन गईरहेको निर्वाचनमा आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान हुने भएको हो ।

बिहान ७ बजेदेखि सुरु मतदान सुरु हुने भएकाले मतदान केन्द्रमा चहलपहल सुरु भईसकेको छ । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो । पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

पहिलो चरणको निर्वाचनका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);