सही तरिकाले मतदान कसरी गर्ने? | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सही तरिकाले मतदान कसरी गर्ने?

काठमाडौं, ९ मंसिर । पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार मतदान हुँदै छ । मतदान गर्नका लागि मतदाता आतुर छन् । तर सही तरिकाले मतदान गर्न नजान्दा मत बदर हुने सम्भावना रहन्छ । सही तरिकाले मतदान कसरी गर्ने त ?

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचन आइतबार हुँदै छ ।

तर अझै मतदातामा कसरी मतदान गर्ने भन्ने अन्योलता कायमै छ । भन्झटिलो मतपत्रले मतदातामा झनै अन्यौलता सिर्जना गरेको छ । आइतबर दुई चरण प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक हुँदै छ ।

दुई वटा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग पानमा मतपत्र छापिए पनि समानुपातिकतर्फ भने दुवै निर्वाचनका लागि एउटै पानामा मतपत्र छापिएका छन् ।

प्रत्यक्ष तर्फका मतपत्रमा उम्मेदवार भएकाहरुको मात्र निर्वाचन चिन्ह राखिएको छ । गठबन्धन बनाएर उम्मेदवारी दिएकाको पनि उम्मेदवार भएको दलको मात्र निर्वाचन चिन्ह राखिएको छ ।

मतदातालाई दुई चरणको निर्वाचनका लागि तीन वटा मतपत्रमा चार ठाउँमा छाप लगाउनुपर्नेछ । मतदानका लागि अन्योल नहोस भनेर आयोले छुट्टछुट्टै मतपत्रमा पालैपालो मतदान गर्ने व्यवस्था मिलाएको छ ।

मतदान कसरी गर्ने ?
-मतदाताले मतदान गर्न जाँदा आफ्नो साथमा मतदाता परिचय पत्र लिएर जानुपर्ने छ ।

-आयोगले कसैको प्रलोभनमा नपरी गोप्य रुपमा मतदात गर्ने व्यवस्था मिलाएको छ ।

-मतदान स्थलमा प्रवेस गरेपछि मतदाताले तोकिएको लाईनमा बसेर पालैपालो मतदान गर्नसक्नेछन् ।

-मतदान गर्दा पहिला हरियो मसिले लेखिएको मतपत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने ।

-दोस्रोमा कालो मसिले लेखिएको मतपत्रमा प्रदेशसभा सदस्यका लागि मतदान गर्ने

-तेस्रोमा रातो रंगले लेखिएको मतपत्रको माथिल्लो भागमा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य र तल्लो भागमा रहेको मतपत्रमा समानुपातिकतर्फका प्रदेशसभा सदस्यका लागि मतदान गर्ने ।

-मतदान गर्दा निर्वाचन चिन्ह र रेखामा नपर्ने गरी रेखा भित्रको खालि ठाउँमा स्वस्तिक चिन्ह लगाउने ।

-असुरक्षित महसुस भए तत्काल सुरक्षाकर्मीलाई खबर गर्ने ।

सरोज थापा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);