पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा

सरोज थापा

काठमाडौं, ९ मंसिर । आइतबार हुुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि कर्मचारी आवश्यक सामाग्रीसहित मतदान केन्द्रमा पुगेका छन् भने मतदानका लागि बुथ निर्माणको काम सम्पन्न भएको छ ।

पहिलो चरण अन्तरगत आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको छ । कर्मचारीहरु मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायत ६७ प्रकारका सामाग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् ।

पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २ सय ८२ र प्रदेशसभामा ४ सय २० जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये १ सय ११ जना निर्वाचित हुने छन् । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेका छन् । मतदानका लागि २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।

निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक ४५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । मतदानका लागि विहान ७ बजे देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएइको छ । संघीय संरचना अनुसार जनप्रतिनिधिहरु चुनिँदै गर्दा मुलुकले स्थायीत्व पाउने नागरिकको विश्वास छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);