दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुराः आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुराः आयोग

३ असार, काठमाडौं । निर्वाचन आयोगले दोश्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयरी पुरा भएको जनाएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुराः आयोग

३ असार, काठमाडौं । निर्वाचन आयोगले दोश्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयरी पुरा भएको जनाएको छ । निर्वाचन आयोगको कार्यालयमा शनिबार भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो । निर्वाचन हुने तीन वटा प्रदेशका ३५ जिल्लामा कुल ४ हजार ५ सय ८१ मतदान स्थल र ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेने निर्वाचन आयोगले जनाएको छ । असार १४ गते १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाँउपालिकामा निर्वाचन हँुदैछ । जसका लागि उम्मेद्वार मनोनयन दर्ता गर्न आइतबार बिहान ८ बजे देखि अपराह्न ४ समय निर्धारण गरेको आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने आयोगले जनाएको छ । दोश्रो चरणमा हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । दोस्रो चरणको निर्वाचनमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी खटिनेछन् । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना गर्न दल र तिनका भातृ संगठनलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);