२ नम्बर प्रदेशमा ३ हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

२ नम्बर प्रदेशमा ३ हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण

काठमाडौँ, १४ भदौ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर दुईमा ३ हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रदेश नं २ मा आठ जिल्ला कायम गरिएको छ । जहाँ १३६ स्थानीय तहमा निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचनका लागि २ हजार १६६ मतदान स्थल निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका कायम गरिएको छ ।

 

 निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१, वडा सदस्य पाँच हजार ८४ सहित कूल ६ हजार ६२७ जनप्रतिनिधि चयन हुने छन्। तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);