निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौं, १४ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष कमलनारायण दास नेतृत्वको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगि प्रतिवेदन बुझाएको हो ।

 

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको छ । आयोगले प्रतिवेदन बुझाएसँगै अब निर्वाचन आयोगलाई चुनावको तयारीमा जुट्न सजिलो भएको छ ।

 

निर्वाचन क्षेत्र निर्धारण आयोगले भुगोल र जनसंख्यालाई आधार मानेर क्षेत्र निर्धारण गरेको हो । आयोगले प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० वटा निर्वाचन क्षेत्र निर्धारण गरेको छ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);