निर्वाचन आयोगद्धारा लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदानकेन्द्र निर्धारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

निर्वाचन आयोगद्धारा लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदानकेन्द्र निर्धारण

काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मद केन्द्र निर्धारण गरेको छ । आयोले बुधबार एक विज्ञप्ती जारी गर्दै आगामी १७ जेठ सोमबारका दिन सम्पन्न गर्ने गरी मत दान नामवलीको स्वीकृत गरी मतदान केन्द्र निर्धारण गरेको हो ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ जना गरी जम्मा २९६ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ ।

उक्त निर्वाचनका लागि आयोगले दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको छ । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) गरी २ वटा मतदान केन्द्र समेत तोकिएको छ ।

निर्वाचन आयोगले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिहरु संचालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुको साथै पत्रचार समेत गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);