उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान

सरोज पौडेल,

हेटौंडा । बागमती प्रदेशतर्फको रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार कृष्ण बहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेद्वार डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो ।

देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग छ ।

जेठ ६ गते हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुनेछ । प्रदेश सभा सदस्यका लागि गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य गरी कुल ३ सय ४८ जना मतदाता छन् ।

एमालेका तर्फबाट प्रदेश सांसद पशुपति चौलागाईको निधन भएसंगै उपनिर्वाचनमा अब कुल ३४७ मतदाता छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);