राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

nirbachan aayog

काठमाडौं, २५ पुस । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशनसंगै उम्मेदवारलाई चुनाव चिन्हसमेत दिएको छ ।

प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीस्थत निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको हो ।

निर्वाचनमा नेकपाका १६, कांग्रेसका १६, समाजवादी पार्टीका ७, राजपाका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभाका राष्ट्रपतिवाट मनोनित १ जना र निर्वाचित १८ जना गरी १९ जनाको कार्यअवधि आगामी फागुन २० गते सकिदैछ । कार्यअवधि सकिनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संबैधानिक प्रावधान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);