पूर्व एमालेले सभामुख नछोडे प्रधानमन्त्री छोड्नु पर्ने प्रचण्डको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्व एमालेले सभामुख नछोडे प्रधानमन्त्री छोड्नु पर्ने प्रचण्डको अडान

प्रचण्डले प्रधानमन्त्रीकै कुर्सी  ताकेपछि नेकपामा सभामुख पद झनै पेचिलो

काठमाडौं, २५ पुस । प्रतिनिधि सभाको सभामुख चयनको विषयले सकस बनाएको नेकपा भित्र दुई अध्यक्षबीच दूरी बढाएको छ । दुई अध्यक्षले सभामुखमा दुई फरक व्यक्तिको नाममा अडान नछोडेपछि दूरी बढेको हो ।

सभामुख पदमा पूर्व एमालेले नछाडे प्रधानमन्त्री पूर्व एमालेले छाड्नु पर्ने माग पूर्व माओवादीले अघि सारेको छ । सभामुखको विषयमा कुरा नमिल्दा प्रधानमन्त्रीकै कुर्सी प्रचण्डले ताकेपछि नेकपामा सभामुख पद झनै पेचिलो बनेको छ।

सत्तारुढ दल नेकपामा अहिले सभामुख चयनको बिषय पूर्व एमाले र पूर्व माओबादीको बिचमा प्रतिष्ठाको लडाइ बनेको छ । सभामुख चयनमा सचिवालय बैठक, स्थायी कमिटी बैठकदेखि शीर्ष तहमा पटक पटक छलफल भएको छ तर निष्कर्ष निष्कन सकेको छैन ।

कारण दुई शीर्ष नेतृत्वमा जुंगा र प्रतिष्ठाको लडाई । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सुवास नेम्वाङलाई बनाउने अडान नछाडेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले सभामुख र प्रधानमन्त्री मध्ये एक पूर्व माओवादीले पाउनुपर्ने माग अघि सार्नु भएको छ ।

यसअघि पूर्व माओवादीकै कोही एकलाई सभामुख बनाउन दवाव दिंदै आउनु भएका प्रचण्डले पूर्व एमालेले सभामुख नछाडे प्रधानमन्त्री नै छाड्नु पर्ने दवाव प्रधानमन्त्री ओलीलाई दिनु भएको छ ।

यो दवावसँगै नेकपा भित्र सभामुख चयन झनै पेचिलो बनेको छ । प्रचण्डको यो अडान स्वभाविक भएको नेकपाका नेता देवेन्द्रराज पौडेल बताउनुहुन्छ ।

सभामुख चयनका विषयमा शुक्रबार पनि बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । यसअघि पनि यस विषयमा शीर्ष तहमा पटक पटक छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले सुवास नम्वाङको नाममा अडान लिन छाड्नु भएको छैन नेपालको इतिहासमा सबै भन्दा बढी समय सभामुखको कुर्सीमा नेम्वाङ बस्नु भएको छ ।

एउटै व्यक्ति कति पटक सभामुख भन्ने प्रश्नले पनि नेकपा भित्र बहस बढाएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फलाई राजीनामाको दवाव पनि बढेको बढ्यै छ । नेकपा भित्रको विवादले पुस २७ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि बस्ने नबस्ने अन्यौलमा छ ।

राजीनामाको दवाव बढेपनि उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले तत्काल राजीनामा नदिनुमा प्रधानमन्त्रीको पनि साथ रहेको नेकपाका कतिपय नेताहरु बताउन थालेका छन् ।

यदि सभामुखका सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो अडान नछाड्ने हो भने पार्टी एकिकरण पूर्वको सहमति अनुसार आलोपालो प्रधानमन्त्री बन्न पाउनुपर्ने सर्त कार्यान्वयनमा अध्यक्ष प्रचण्ड सहितका नेताहरुले दवाव दिन थालेका छन् ।

दवावकैबीच प्रधानमन्त्री ओली निकट बाहेकका शीर्ष नेताहरुको बैठक बुधवार नेता बामदेब गौतमको निवासमा बसेको थियो । उक्त बैठकमा अध्यक्ष दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको सहभागिता रहेको थियो । सो बैठकलाई नेकपा भित्र अर्थपूर्ण रुपमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);