प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर १६ गतेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर १६ गतेसम्मका लागि स्थगित

sanghiya samsadh

काठमाडौं, ११ पुस । नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया केही दिन पर धकेलिएको छ ।

पुष ४ गते बसेको प्रतिनिधिसभा बैठकले सभामुख चयनको कार्यतालिका आज तय गर्ने निर्णय गरेको थियो । तर नेकपाका अध्यक्षद्वयको छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद् बैठक सूचना टाँसेर आगामी पुष १६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा मुख्य एजेण्डानै सभामुख निर्वाचनको मिति तय गर्ने कार्यसूचि रहेको थियो । तर सत्तारुढदल नेकपामा सामुख कसलाई बनाउने भन्ने बिषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिलेपछि सभामुख चयन प्रक्रिया पर धकेलिएको छ । अब पुष १६ गते दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयन प्रक्रियाको मिति तय गर्नेछ ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा २ अनुसार प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख नेकपाको र महिला भएकोले हालकै उपसभामुख रहने भने अबको सभामुख पुरुष त्यसमा पनि नेकपा बाहेकको हुनुपर्छ । तर नेकपा सभामुख गुमाउने पक्षमा देखिंदैन । यदि सभामुख नगुमाउने हो भने उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराउनु पर्ने हुन्छ । तर त्यसमा नेकपाभित्र कुरा मिल्न सकेको छैन ।

उपसभामुख तुम्बाहाम्फे सभामुखपद नपाएसम्म उपसभामुख पदबाट राजीनामा दिने पक्षमा देखिनुहुन्न । उहाले सभामुख पाउनु पर्ने दाबी गर्दै आउनु भएको छ । राजीनामाबारे आफूसँग कुनै कुरा नभएको तुम्बाहाम्फेको भनाइ छ ।

शिर्ष नेताहरुले गुट उपगुट र भागबण्डाको राजनीतिबाट माथी उठी सवैलाइ समेटेर लैजान सक्नुपर्ने नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको सुझाव रहेको छ ।

सभामुख छान्न अहिले सत्तारुढ दल नेकपालाई निकै सकस परिरहेको छ । आकांक्षी अनुहार धेरै देखिएका छन् । त्यसमा पनि पूर्व एमाले र पूर्व माओवादी खेमाबाट सभामुखको लागि लबिङ भइरहेको छ । उपसभामुख डा.तुम्बाहाम्फेलाइ राजीनामा दिन दवाव बढिरहेको छ । राजीनामा दिए कानून मन्त्री बनाउने प्रस्ताव तुम्बाहाफेलाई छ । मन्त्री निश्चित हुनका लागि तुम्बाहाम्फेले सभामुखको दाबी गरिरहेको नेकपा सम्बद्ध नेताहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई नै सभामुख बनाउने तयारीमा देखिनुहुन्छ भने अध्यक्ष पुष्पकमल दाहाल अग्निसापकोटा या देवगुरुङ मध्ये कोही पूर्व माओवादी पक्षबाटै सभामुख बनाउने कसरतमा अहिले लागि रहनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);