कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

nepali congress

काठमाडौं, ११ पुस । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चौथो पटक सरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक १ दिन पर सारिएको हो । बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको छ ।

पार्टीमा १४औ महाधिबेशनको कार्यतालिका,भातृसंगठनको नेतृत्व चयन,पार्टीका बिभिन्न बिभाग गठन लगायतका बिषयमा संस्थापन पक्ष र संस्थापन इतरका नेताहरुबीच बिवाद बढेपछि यसअघि मंसिर ३०, पुस २ र ४ गते बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको थियो । बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागका संख्या २८ बाट बढाएर ४१ पुरयाउने प्रस्ताव बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलमा देखिएको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कारगर्दै आएका छन्।

पौडेल पक्षको बहिष्कारबीच सभापति शेरबहादुर देउवाले गत मंसिर २६ गते बैठक सुरु गर्दै छलफलका लागि ९ वटा एजेन्डा प्रस्तुत गर्नुभएको थियो । विवाद समाधानका लागि दुई पक्षबीच पटक–पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);