कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते सम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते सम्मका लागि स्थगित

nepali congress

काठमाडौं, ४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा आज बस्ने भनिएको बैठक पुस १० गते सम्मका लागि स्थगित भएको हो ।

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य सांगठनिक विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको हो।

यस्तै गत सोमबार बोलाइएको बैठक पनि नेता सिटौलाले सभापति देउवालाई सहमतिको प्रयास जारी राख्नुपर्ने बताएपछि बुधबारसम्मका लागि स्थगित भएको थियो । त्यसअघि पौडेल समूहले मंसिर २६ गते र मंसिर २९ गते केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);