कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुन: सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुन: सुरु

काठमाडौं, १९ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा देशको समसामयिक राजनीतिक बिषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधि सभा विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । बैठक पुष १० गतेदेखि स्थगित गरिएको थियो । एक साताभन्दा बढी समय स्थगित गरिएको बैठक आजबाट पुनः सुरु भएको हो ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए । बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।

सभापति शेरबहादुर देउवा भने प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलनमार्फत् अदालतलाई दबाब दिन नहुने पक्षमा हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने प्रतिनिधि सभा बिघटनको बिरोधमा सडक आन्दोलनमा जानुपर्ने पक्षमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);