अखिलको बैठक अघिको नाराः ‘ओली जिन्दावाद, प्रचण्ड देश छोड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अखिलको बैठक अघिको नाराः ‘ओली जिन्दावाद, प्रचण्ड देश छोड’

काठमाडौं, १९ पुष । सामन्य अवस्थामा केन्द्रीय समितिको बैठक अघि जुलुस धर्ना विरलै मात्र हुन्छन् । तर अहिले नेकपा भित्रको असामन्य अवस्थाले होला यस पटक प्रधानमन्त्री केपी ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीको बृहत भेला अघि आईतबार जुलुस तथा नारा लागेको थियो ।

नेकपा बिभाजनको डिलमा पुगेको बेला प्रधानमन्त्री ओली पक्षीय विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीको बृहत भेला अघि माईतीघरमा जुलुस प्रदर्शन भएको थियो। माईतीघर मण्डलाबाट सुरु भएको सो जुलुस बिभिन्न नारा लगाउदै भेलास्थल कार्की ब्यङकेट पुगेको थियो ।

जुलुसमा झण्डै तीन बर्ष अघि थन्केको जनताको बहुदलीय जनवादको नारा समेत ब्युँतिएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण हुदा जनताको बहुदलीय जनावाद र माओवाद दुबैलाई हटाएर जनताको जनवाद कायम गरिएको थियो । तर आईतबारको सो जुलुसमा जनताको बहुदलीय जनवाद जिन्दावाद, केपी ओली जिन्दाबाट, प्रचण्ड तिम्रो पाराले दुख पाए साराले, प्रचण्ड देश छोड जस्ता नारा लगाएका थिए ।

भेलाको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका नेताले उदघाटन मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);