सडकमा आन्दोलन गर्नको लागि पार्टी नखोल्न पाण्डेको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सडकमा आन्दोलन गर्नको लागि पार्टी नखोल्न पाण्डेको आग्रह

दाङ, ११ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सडकमा आन्दोलन गर्नको लागि पार्टी नखोल्न आग्रह गर्नुभएको छ । सरकारले संसद विघटन गरेर ताजा जनमतको लागि बैशाखमा निर्वाचनको मिती तोकिएको भन्दै अहिले धेरै पार्टीहरु निर्वाचनमा जान डराइरहेको उहाँले आरोप लगाउनुभयो ।

आइतवार दाङको तुलसीपुरमा आयोजना गरिएको साक्षात्कार कार्याक्रममा बोल्दै मेयर पाण्डेले पार्टीहरु नुन र सुन बेच्नकोलागि नखोलिएको बताउनुभयो । ‘जुन पार्टी राजनितिक दलका रुपमा दर्ता हुनु भएको छ, उहाँले भन्नुभयो,‘ तर उहाँहरु निर्वाचनमा जान डराइरहेनु भएको छ ।

सडकमा जुलन लगाउनको लागि पार्टी नखोले हुन्छ । जुलुस त विभिन्न संघसंस्थाहरुबाट जुलुस लगाए हुन्छ ।त्यसैगरी उहाँले अब सडकमा गएर धुलो उडाउनु भन्दा जनताको घरमा गएर मत मागर निर्वाचित हुन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली समुहका केन्द्रिय सदस्य समेत रहेनु भएका पाण्डेले प्रधानमन्त्री ओली प्रथम अध्यक्ष भएको पार्टी नै नेकपाको आधिकारिक पार्टी भएको दाबि गर्नुभयो । साथै, उहाँले सडकमा नारा लगाएर तिघ्रा उफारेर अदालतलाई प्रभावित गर्न नहुने समेत बताउनुभयो ।

यसैबीच कार्यक्रममा बोल्दै भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले जग्गा सम्बन्धि सबै समस्या समाधानका लागि आयोगले काम अगाडी बढाएको बताउनुभयो । उहाँले ऐलानी जग्गामा बसेका, सुकुम्बासी लगायतका लागि आवेदन माग भइसकेको बताउँदै ३५ दिन भित्र फाराम भरिसक्नु पर्ने समेत बताउनुभयो ।

उहाँले एक परिवारले पौनै ६ कठ्ठा सम्म जग्गा पाउँने र त्यो भन्दा बढिको लागि राजश्व लाग्ने समेत बताउनुभयो । लुम्बिनी प्रदेशका १०९ स्थानियतह मध्य ३५ वटामा आयोगको काम भइरहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);