बुवाको साथीबाट वीरगञ्जमा ११ वर्षीय बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुवाको साथीबाट वीरगञ्जमा ११ वर्षीय बालिका बलात्कृत

वीरगञ्ज, ११ माघ । पर्साको सदरमुकाम वीरगञ्जमा एक बालिका आफ्नै बुवाको साथीबाट बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया की ११ वर्षीय बालिका बलात्कृत भएकी हुन् ।

बुवाको साथी पर्ने काकाले उनको बलात्कार गरेको प्रहरीले जनाको छ । बलत्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । बलात्कार गरेर फरार रहेका मियाँलाई प्रहरीले पक्राउ गरेर आइतबार (आज) पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जमा कोठा खोज्न आएका मियाँ बालिकाको घरमा पाहुन बनेर बसेका थिए । त्यही क्रममा शनिबार विहान उनले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । करणी गर्ने क्रममा बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । त्यसलगतै मियाँ फरार भए । फरार रहेका मियाँलाई प्रहरीले पक्राउ प्रहरीले अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले बताउनुभयो ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भएपनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);