पर्सामा १५ वर्षीया किशोरी बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पर्सामा १५ वर्षीया किशोरी बलात्कृत 

rape kishori

पर्सा । पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो । उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);