हेल्मेट लगाउ ज्यान जोगाउ, साइकल चलाउ बाताबरण जोगाउ” नाराका साथ पर्सामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८०, बुधवार

हेल्मेट लगाउ ज्यान जोगाउ, साइकल चलाउ बाताबरण जोगाउ” नाराका साथ पर्सामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ माघ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजबाट निस्केको ट्राफिक जनचेतना सहितको साइकल रैली पोखरियामा पुगी सम्पन्न भएको थियो ।

पोखरिया पुगेको साइकल रैलीका सहभागिहरुलाई एक कार्यक्रमको बिच स्वागत समेत गरिएको थियो ।पोखरिया युवा समाजको आयोजनामा भएको स्वागत कार्यक्रममा वोल्ने वक्ताहरुले ग्रामिण भेगामा पनि ट्राफिक नियम पालना गर्नु पर्नेमा जोड दिए ।

वक्ताहरुले सवारी साधन चलाउदा तिब्रगति नचलाउन, मोबाइलको प्रयोग नगर्न, अनिवार्य हेल्मेट प्रयोग गर्न, मादक पदार्थ तथा लागु औषध सेवन गरे सवारी साधन नचलाउन लगायतका ट्राफिक नियम पालनामा जोड दिएका थिए ।

पोखरिया युवा समाजका अध्यक्ष भवगान दास तात्वाको अध्यक्षता र प्रदेश सभा सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख हिमालय श्रेष्ठ, प्रदेश सभा सदस्य मंजुर अन्सारी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उप मेयर सलमा खातुन, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की लगायतकाले मन्तव्य राख्दै ट्राफिक नियमको पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य युवा समाजका सचिव इनरदेव पटेल, संचालन सदस्य राकेश महतो, धन्यावाद ज्ञापन युवा समाजका सदस्य सुजित गिरी र साइकलिङ क्लब वीरगंजका अध्यक्ष संजन अग्रवालले गरेका थिए ।

Leave a Reply