मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन

काठमाडौं, ७ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताउनुभयो ।

अत्याधिक मात्रामा मापसे सेवन गरी सवारी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो । उहाँले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले मापसे गरेको आशंका लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

जोखिमको अवस्थमा प्रहरीले चेक जाँच खुकुलो बनाएको मौकामा मापसे गरेर सवारी साधन नचलाउन समेत ढकालले आग्रह गर्नुभयो ।

महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको संक्रमणबाट बच्न शुक्रबार देखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताउनुभयो । उपत्यकाका ८० भन्दा बढी स्थानमा ट्राफिक प्रहरीको टिम परिचालन गरी कोरोना संक्रमणको जोखिमबाट बच्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘मास्क लगाऔं, भिडभाड नगरौं, हात धोऔं’ लेखिएका ब्यानर सहित नागरिकमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भिडभाड हुन नदिन र सवारी साधनको सरसफाइलाई ध्यान दिन यातायात व्यवसायीहरुलाई समेत सचेत गराएको छ ।

त्यस्तै ट्राफिक प्रहरी भित्र पनि कोरोना भाइरसको सचेतना कार्यक्रम गरी सावधानी अपनाइएको छ । त्यस्तै विभिन्न चेकजाँचमा परी लाइसेन्स, बिलबुक लिन जानेहरु दिने सचेतना कक्षा समेत तत्काल स्थगित गरिएको बताउनुभयो । यद्यपी सचेतना कक्षा पछि लिइने गरी लाइसेन्स र विलबुक उपलब्ध गराइने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);