सशस्त्र प्रहरीका जवानले गरे ब्यारेक भित्रै आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सशस्त्र प्रहरीका जवानले गरे ब्यारेक भित्रै आत्महत्या

श्याम गुप्ता
बारा, ७ चैत । सशस्त्र प्रहरीका एक जना जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् । बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका हुन् ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेक भित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

ब्यारेकका सुरक्षाकर्मीले शुक्रवार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखे पछि प्रहरीलाई जानकारी गराएका थिए । भण्डारी राती १० बजे सम्म राजमार्गको डिउटीमा खटिएका थिए । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झुण्डिएको हुन सक्ने गुल्मपति हरि श्रेष्ठले बताउनुभयो ।

भण्डारीले सात वर्ष अघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए । भण्डारीको बैशाखमा विवाह गर्ने तयारी समेत थालेको उनका पिता बाबुराम भण्डारीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले भण्डारीको शवलाई पोष्टमार्टमका लागि वीरगंज पठाईएको बताउनुभयो । शव परीक्षण पछि परिवारको जिम्मा लगाइने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);