काठमाडौं ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसदलाई जानकारी गराउनु भयो । सम्बोधनका क्रममा दुलालले सरकारको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो । उक्त घटनाप्रति दुःख प्रकट गर्दै उहाँले सरकारलाई नागरिकका समस्याप्रति संवेदनशील हुन आग्रह गर्नुभयो ।




